Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोट : पोर्चुगलले कहिले कोसँग खेल्दैछ ?

एजेन्सी । विश्वकप फुटबल छनोट खेलमा पोर्चुगलले यो साता र अर्को साता गरी २ खेल खेल्दैछ। आगामी बिहीबार पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ।

सो खेल नेपाली समयअनुसार बिहीबार राति(शुक्रबार बिहान) १ः३० बजे शुरु हुनेछ। त्यस्तै अर्को खेलमा आइतबार पोर्चुगलले सर्बियाको सामना गर्दैछ। उक्त खेल आइतबार राति (सोमबार बिहान) १ः३० बजे शुरु हुनेछ।

समूह ए मा रहेको पोर्चुगल अंक तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमध्ये ५ मा जित र एक खेलमा बराबरी गरेको पोर्चुगलको १६ अंक छ।

शीर्षस्थानमा रहेको सर्बियाको १७ अंक छ। उसले ७ खेलमध्ये ५ खेल जितेको छ भने २ खेलमा बराबरी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077