Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारको आन्दोलनलाई चोलेन्द्रको चुनौती, एकैदिन तोके २९८ मुद्दाका पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एशोसिएशन(आफूविरुद्ध)को आन्दोलनलाई वेवास्ता गर्दै मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन्।

यसअघि बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।

जसअनुसार आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

तर, न्यायाधीशहरूले भने प्रधानन्यायाधीश जबराले सबै मुद्दामा इजलास गठन गरेको भन्दै मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । उनीहरुले आज पनि धर्ना जारी राखेका छन्।

प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसनले उनको राजिनामा माग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077