Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चौधरीको सीजी उद्योगमा स्थानीयले लगाए ताला, प्रदूषणमुक्त नगरेसम्म कारखाना चल्न नदिने चेतावनी

नवलपुर । जिल्लाको दुम्कौलीस्थित अर्वपति व्यापारी बिनोद चौधरीको उद्योगले अत्याधिक प्रदूषण फैलाएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनमा उत्रिएका स्थानीयले सिजी उद्योगको मूलगेटमा तालाबन्दी समेत गरेका छन् ।

उद्योगको प्रदूषणले वरपर बस्नै नसकिने भएकाले मंगलवार बिहानदेखि आफूहरु तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको एक स्थानीयले बताए।

उद्योग आसपासका क्षेत्रमा उद्योगले धुलो उडाएर बस्नै नसकिएको साथैं दुर्गन्ध पनि फैलाएको स्थानीयको आरोप छ ।

यसबारेमा पटक-पटक कारखाना व्‍यवस्थापनलाई अनुरोध गरेपनि उनीहरुले नसुनेको भन्‍दै बाध्य भएर ताला लगाउनु परेको उनले बताए।

उद्योगले चाउचाउ, स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077