Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देउवालाई काउन्टर दिँदै सिटौलाद्वारा सभापतिमा उठ्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा आफू टिमसहित सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टीको आसन्न महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताए।

आगमी महाधिवेशनमा देउवालाई सघाउने वा आफैँ उम्मेदवार बन्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै नेता सिटौलाले भने, ‘सभापतिज्यूको कुरा उहाँलाई नै सोध्नुहोस् । म टिमसहित सभापतिमा उम्मेदवारी दिन्छु।'

कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077