Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पोर्चुगल र आयरल्याण्ड भिड्दै : हेड टु हेडमा को बलियो ? (सबै नतिजा)

एजेन्सी । विश्वकप छनोट खेलमा पोर्चुगलले आयरल्याण्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहीबार राति (शुक्रबार बिहान) १ः३० बजे शुरु हुनेछ।

समूह ए मा रहेको पोर्चुगल अंक तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमध्ये ५ मा जित र एक खेलमा बराबरी गरेको पोर्चुगलको १६ अंक छ।

शीर्षस्थानमा रहेको सर्बियाको १७ अंक छ। उसले ७ खेलमध्ये ५ खेल जितेको छ भने २ खेलमा बराबरी गरेको छ। ६ खेलबाट ५ अंक जोडेको आयरल्याण्ड चौथो स्थानमा छ।

हालसम्म पोर्चुगल र आयरल्याण्डबीच १४ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ८ खेलमा पोर्चुगल विजयी भएको छ। २ खेल बराबरीमा सकिएको छ भने ४ खेलमा आयरल्याण्डले जित निकालेको छ।

दुई टोलीको पछिल्लो भेट यसै वर्षको सेप्टेम्बरमा भएको थियो। फिफा विश्वकप छनोटके उक्त खेलमा पोर्चुगल २–१ गोलले विजयी भएको थियो।

त्यस्तै अर्को खेलमा आइतबार पोर्चुगलले सर्बियाको सामना गर्दैछ। उक्त खेल आइतबार राति (सोमबार बिहान) १ः३० बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077