Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले दिए फाल्गुनन्द जयन्तीको शुभकामना

    प्रधानमन्त्री देउवाले दिए फाल्गुनन्द जयन्तीको शुभकामना

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मालम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    फाल्गुनन्द जयन्तीका अवसरमा उनले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुनन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र सत्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।



    विशेष गरी पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने किराँत समुदायको शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।



    प्रधानमन्त्री देउवाले फाल्गुनन्दका प्रेम, अहिंसा, लैङ्गीक समानता तथा आध्यात्मिकताका सिद्धान्तले समाजमा आपसी सद्भाव र सहिष्णुता प्रवद्र्धन हुने बताएका छन्। प्रधानमन्त्री देउवाले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार