काठमाडौँ । आन्दोलनरत नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।
बिहीबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि शुक्रबार बिहान १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताए ।
यस्तै, अध्यक्ष श्रेष्ठले न्यायालयमा भ्रष्टाचारको नेतृत्व गर्ने राणालाई पदच्युत गर्न समेत आग्रह गरेका छन्। उनले प्रधानन्यायाधीश भ्रष्टाचारमा लिप्त रहेको भन्दै पदच्युत गर्नुपर्ने दाबी गरे।
आज आन्दोलनरत कानुन व्यवसायीहरु र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा झडप भएको थियो । झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन्।
न्यायाधीशहरुको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको र माइक खोसेपछि केहीबेर विवाद सिर्जना भएको थियो।
यस्तै, भोलिबाट आफूहरुको आन्दोलनको स्वरूप फेरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताएका छन्।