Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारको धर्नामा प्रहरीको हस्तक्षेप, भोलि सबै बेन्च बहिस्कार गर्ने कानुन व्यवसायीको घोषणा

काठमाडौँ । विगत केही दिनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलि सबै बेञ्च बहिस्कार गर्ने घोषणा गरिएको बारका महासचिव लिलामणि पौडेल जानकारी दिए ।

आज भएको प्रहरी र कानुन व्यवसायीबीचको घम्साघम्सीका क्रममा पाँच कानुन व्यवसायी घाइते भएका छन् ।

प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ।

यस्तै, आन्दोलनरत बारले प्रधानन्यायाधीश  जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।

बिहीबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि शुक्रबार बिहान १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077