Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चोलेन्द्रलाई विचौलियाको नाइके भन्दै सर्वोच्च परिसरबाटै राजिनामा माग

काठमाडौँ। आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विचौलियाको नाइके भन्दै सर्वोच्च परिसरबाटै राजिनामाको माग गरेका छन्।

बिहीबार नेपाल बार एसोसिएसनको अगुवाइमा चलिरहेको धर्नामा प्रहरीहरुले वकिलहरूमाथि हस्तक्षेप गरेपछि केहीबेर सर्वोच्च परिसरमा दुई पक्षबीच झडप नै भएको थियो।

झडपमा बारका महासचिप लिलामणि पौडेलसहित ५ जना वकिलहरु सामान्य घाइते भएका थिए ।

त्यसपछि चर्किएको आन्दोलनमा प्रधानन्यायाधीश राणा विचौलियाको नाइके भएको, भ्रष्टचारमा लिप्त भएको, गुण्डाहरुको नाइके भएको, कार्यपालिकामा भागवण्डा खोजेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए।

वकिलहरूका नारा प्रधानन्यायाधीश जबरा लक्षित थिए । उनीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, ‘विचौलियाको नाइके राजीनामा दे’ भन्दै  नारा लगाएका थिए।

गत कार्तिक पहिलो सातदेखि वकिलहरू प्रधानन्यायाधीश जबरा न्यायीक रुपमा विचलित भएको भन्दै त्यसको विरोधमा आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077