Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च छिर्न नदिने बारको घोषणासँगै बाहिरिए प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

बिहीबार नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधकाबीच अदालतमा उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका प्रधानन्यायाधीश जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् ।

आफूहरुको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै  बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्रबारबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरेका थिए ।

बिहीबारको धर्नामा प्रहरीहरुले वकिलहरूमाथि हस्तक्षेप गरेपछि केहीबेर सर्वोच्च परिसरमा दुई पक्षबीच झडप नै भएको थियो। झडपमा बारका महासचिप लिलामणि पौडेलसहित ५ जना वकिलहरु सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077