Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१०० रुपैयाँ बुझाउन कार्यकर्ताहरुलाई केपी ओलीको उर्दी

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यहरुबाट उठाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको बैठकले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने निर्णय गरेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए।

'महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,' उनले भने, 'सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।'

एमालेमा करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ । पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए ।

एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077