Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल बन्दको घोषणा गरेलगत्तै किन धनगढी गए विप्लव ?

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् ।

विप्लवनिकट स्रोतका अनुसार महासचिव विप्लव नेतृत्वको नेकपाले भोलि कैलाली सदरमुकाम धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।

स्रोतका अनुसार महासचिव विप्लवले पार्टीको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गरेर कञ्चनपुरस्थित भारतले अतिक्रमण गरेको भूभागको निरीक्षण गर्नेछन्।

यता, सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने बुझिएको छ।

बिहीबार नेकपा विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

यस्तो छ प्रेस वक्तव्य:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077