Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ए' डिभिजन लिग : टिकट दर १०० र ५००, दर्शकहरुलाई मैदानमै चिया, कफी र बर्गरलगायतका सुविधाहरू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ गतेदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको टिकट दर निर्धारण गरेको छ।

शुक्रबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरिएको जानकारी दिए।

यस्तै, एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको पनि महासचिव तुलाधरले बताए छ । अब दर्शकहरुले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077