Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त, महरा र सापकोटाको जिम्मेवारी खोसियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

गत मंगलबार बसेको माओवादीको स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डको स्वकीय सचिवमा मल्ललाई नियुक्त गर्ने निर्णय गरेको थियो।

बैठकले यसघि प्रचण्डका प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएको छ।

यसअघि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि मल्लले सचिवालयमा बसेर काम गरेका थिए ।

यस्तै, बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077