Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् विश्वकप फुटबलमा स्थान पक्का गर्ने ४ देशहरु

एजेन्सी । फिफा विश्वकप २०२२ को छनोट खेलहरु जारी छ। छनोटबाट केही टोलीहरुले भने कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेका छन्।

हालसम्मको स्थितिमा ४ टोलीले विश्वकप खेल्ने पक्का भएको छ। कतारले आयोजकको हैसियतमा स्थान बनाएको छ भने ब्राजिल, जर्मनी र डेनमार्कले छनोट खेल खेल्दै स्थान पक्का गरेका छन्।

जर्मनीले युरोपियन छनोटको समूह ‘जे’ को विजेता र डेनमार्कले समूह ‘एफ’ को विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेका थिए। ब्राजिलले शुक्रबार विहान सकिएको खेलमा कोलम्बियालाई १–० गोलले पराजित गर्दै कतारको टिकट पक्का गरेको हो।

दक्षिण अमेरिकन छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। ब्राजिलले छनोटमा ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गरेको हो।

दक्षिण अमेरिकन छनोटबाट शीर्ष चार टिम विश्वकपमा सिधैं छनोट हुने प्रावधान छ। जसमा चौथो स्थानको चिली, पाँचौ स्थानको कोलम्बिया र छैटौं स्थानको उरुग्वेले १६–१६ अंक जोडेका छन्।

युरोप छनोटका खेलहरु अहिले पनि जारी छ। विश्वकप छनोटका लागि युरोपका ५५ देशलाई १० वटा समूहमा विभाजन गरेर छनोट खेलाइएको छ। १० वटै समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता टिम र नेसन्स लिगका दुई टिमले बाँकी तीन स्थानका लागि प्लेअफ खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077