Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानसँगको सम्बन्ध किन प्रगाढ बनाउन चाहन्छ पाकिस्तान ?

एजेन्सी । पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ।

कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सहयोग गर्न आफ्नो प्रयास जारी राख्ने बताएका छन् ।

परराष्ट्र मन्त्री कुरैशीले अफगानिस्तानसँग सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानको संकल्पलाई पुनः पुष्टि गरेका छन्। अफगानिस्तानमा शान्ति स्थापना भएपछि क्षेत्रीय स्थिरतालाई बलियो बनाउन र आर्थिक गतिविधि र कनेक्टिभिटीलाई बढावा दिने कुरामा उनले जोड दिएका छन् ।

उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बुधबार आफ्नो पहिलो भ्रमणमा इस्लामाबाद पुग्नुभएका मुत्ताकीले बिहीबार इस्लामावादमा भएको ट्रोइका प्लस बैठकका बीच चीन, रुस, पाकिस्तान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिसँग पनि भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077