Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उरुग्वेविरुद्ध अर्जेन्टिनाको कठिन जित

एजेन्सी । फिफा विश्वकप छनोट खेलमा उरुग्वेविरुद्ध अर्जेन्टिना विजयी भएको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा एकमात्र निर्णायक गोल एन्जेल डी मारियाले गरेका थिए। उनले खेलको ७ औं मिनेटमा गोल गरेका थिए। अधिकांश समय बलमा पडक बनाएको अर्जेन्टिनाको आक्रमण भने फितलो रह्यो।

खेलमा अर्जेन्टिनाको भन्दा बढी शटहरु प्रहार गरेपनि उरुग्वेले गोल गर्न सकेन। उरुग्वेले १९ शटहरु प्रहार गरेको थियो। तीमध्ये ४ शटहरु अन टार्गेट थिए। उता अर्जेन्टिनाले ७ शटहरु प्रहार गरेको थियो। तीमध्ये ३ शट मात्र अन टार्गेट थियो।

अर्जेन्टिनाको टोलीमा फरवार्ड लियोनल मेसी शुरुवातदेखि खेलेनन्। घुँडाको समस्या भएका उनी ७६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

जितसँगै अर्जेन्टिनाले शीर्षस्थानको ब्राजिलसँगको अंकदुरी घटाएको छ। ब्राजिल १२ खेलबाट ३४ अंकका साथ शीर्षस्थानमा छ भने अर्जेन्टिना समान खेलबाट २८ अंकका साथ दोस्रो स्थानमा छ।

इक्वीडर १३ खेलबाट २० अंकका साथ तेस्रो स्थानमा छ। समान खेलबाट १६ अंक मात्र जोडेको उरुग्वे छैटौं स्थानमा छ। ब्राजिलले फिफा विश्वकप २०२२ मा कतारको टिकट पक्का गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077