Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डको स्वास्थ्यमा समस्या, भेटघाट बन्द

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ ।

प्रचण्ड निकट सचिवालयका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि अहिले चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। साथै, अहिले सबै तरहका राजनीतिक भेटघाट बन्द गरिएको सचिवालयको भनाइ छ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि आज महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको सचिवालयले जानकारी दिएको छ।

शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077