Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रक्सी पिउन भारतबाट नेपाल आएका ४ जनाको कार दुर्घटनामा मृत्यु

काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ। सो दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १० बजेतिर यूके १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना भएको हो।

मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन।

चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, एसपी बिनोद घिमिरेले बताएका छन्।

भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन्। चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077