Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल बारको आन्दोलन भाँड्न चोलेन्द्रका भाइ र भतिजा सक्रिय, लोकमानकै शैलीमा भिजिलान्तेको प्रयोग

    नेपाल बारको आन्दोलन भाँड्न चोलेन्द्रका भाइ र भतिजा सक्रिय, लोकमानकै शैलीमा भिजिलान्तेको प्रयोग

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 4K
    SHARES

    काठमाडौं ।  नेपाल बार एशोसियसनको आन्दोलन भाँड्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्ना भाइभतिजा नै प्रयोग गरेको खुलेको छ ।

    राणाले भिजिलान्तेहरु घुसाएर आन्दोलनलाई विफल पार्न भन्दै आफ्ना भाइ प्रभुशमशेर राणा र उनका छोरा प्रज्वल्लशमशेर राणासहितको टोलीलाई परिचालन गरेको सार्वजनिक भएको हो ।



    सर्वोच्च अदालतका मुद्दामा सेटिङ गर्ने मुख्य बिचौलियाका रुपमा चिनिएका प्रभुशमशेर र उनका छोराले अहिले पैसा खर्च गरी भिजिलान्ते जम्मा गरेको खुलेको छ ।



    नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले त यस अघि नै प्रधानन्यायाधीश राणाले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुको आन्दोलनलाई बिथोल्न खोजेको बताइसकेका छन् । प्रभुशमशेरले एनआरएनका नेता जिवा लामिछानेको समूहद्वारा सन्चालित धुम्वाराहीमा रहेको अकामा होटेलमा बसेर नेपाल बार एशोसियसनको आन्दोलन भाँड्न भिजिलान्तेहरुलाई खटाएको खुलेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीले लोकतन्त्रका बिरुद्ध षडयन्त्र सुरु गरेपछि नागरिक समाज र पेशाकर्मी सडकमा आउँदा भिजिलान्ते प्रयोग गरी भाँडेका थिए ।

    कार्कीको समर्थनमा पैसा दिएर ज्यालामा मानिस जम्मा गर्ने काम अख्तियारमा कार्यरत त्यतिबेलाका डीएसपी दानबहादुर थापा, पूर्वएसएसपी गोवद्र्धन श्रेष्ठ, कम्प्युटर अप्रेटरमा करारमा भर्ति गरिएकी आकृति रायमाझी, कार्कीले राखेका विज्ञ हुपेन्द्रमणि केसीहरुले गरेका थिए ।

    आकृति रायमाझी अहिले मुद्दाका फाइल बोकेर प्रभुशमशेरसँगै हिँड्ने गर्छिन।

    लोकमानले निकालेको भिजिलान्ते जुलुसमा नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट परीक्षाबोर्डमा परिणत भएपछि जागिरबाट हात धोएका विवादित कर्मचारी नारायण कोइराला लगायत अनुहार पनि थिए ।

    मेडिकल कलेजबाट विद्यार्थीदेखि विभिन्न ठाउँबाट मानिस जम्मा गर्ने कार्य उनीहरुले गरेका थिए । अन्ततः कार्कीको योजना विफल भएपछि उनीमाथि महाअभियोग नै लाग्यो ।

    प्रधानन्यायाधीश  राणा पनि सोही शैलीमा अगाडी बढिरहेका छन् । त्यसैले उनका हालत पनि कार्कीको जस्तै हुनेमा दुईमत छैन ।

    आजको बारको आन्दोलनकाबिरुद्ध र्याली निकाल्न चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणाले सबै खर्चको प्रबन्ध गरेको स्रोतको दावी छ । चितवनको क्रिकेट रंगशाला निर्माणको बिरोध गरेर चर्चामा आएकी लोकतन्त्रबिरोधी राजावादी तारा बरालहरुको समूहलाई प्रभुशमशेरले नै लगानी गरी बारको आन्दोलन भाँड्न पठाएको सूचना पाएपछि बारका महासचिव पौडेलले भिजिलान्ते प्रयोगको रहस्य खोलेका हुन् ।

    प्रभुशमशेर, प्रज्वलशमशेरका साथसाथै प्रधानन्यायाधीशका बिचौलियाहरु दीपक तिम्सिना, कालु गुरुङ, दिपक कुँवर, नेपाल प्रहरीका एक एआईजी तथा मीनबहादुर गुरुङहरुले पनि बारबिरुद्ध मानिस जम्मा गरी भिजिलान्ते जुलुस गर्न सहयोग गरिरहेका छन् ।

    सर्वोच्चदेखि नेपाल बार एशोसिएसन र उच्च अदालतहरु समेत प्रधानन्यायाधीशको कर्तुत विरुद्ध उत्रिदा पनि राणा भने अझै न्यायालयको हुर्मत लिने खेलमा सक्रिय छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार