Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् फिफा विश्वकप २०२२ मा स्थान पक्का भएका देशहरु

एजेन्सी । फिफा विश्वकप २०२२ को छनोट खेलहरु जारी छ। छनोटबाट केही टोलीहरुले भने कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेका छन्।

हालसम्मको स्थितिमा ६ देशले विश्वकप खेल्ने पक्का भएको छ। कतारले आयोजकको हैसियतमा स्थान बनाएको छ भने अन्य ५ देशले छनोट खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै कतारको टिकट पक्का गरेका छन्।

ब्राजिल, जर्मनी र डेनमार्क, फ्रान्स र बेल्जियमले विश्वकपमा आफूलाई सुरक्षित गरिसकेका छन्। जर्मनीले युरोपियन छनोटको समूह ‘जे’ को विजेता र डेनमार्कले समूह ‘एफ’ को विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेका थिए।

फ्रान्सले समूह डीको विजेता र बेल्जियमले समूह एको विजेताका रुपमा कतारको टिकट पक्का गरेको हो। दक्षिण अमेरिकी छनोटबाट ब्राजिलले स्थान पक्का गरेको थियो।

दक्षिण अमेरिकन छनोटबाट शीर्ष चार टिम विश्वकपमा सिधैं छनोट हुने प्रावधान छ। युरोप छनोटका खेलहरु अहिले पनि जारी छ। विश्वकप छनोटका लागि युरोपका ५५ देशलाई १० वटा समूहमा विभाजन गरेर छनोट खेलाइएको छ।

१० वटै समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता टिम र नेसन्स लिगका दुई टिमले बाँकी तीन स्थानका लागि प्लेअफ खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077