Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्जेन्टिना र ब्राजिल भिड्दै, ११२ पटक आमनेसामने हुँदा को बलियो ?

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोट खेलमा फुटबलका दुई पावरहाउस आमनेसामने हुँदैछन्। अर्जेन्टिना र ब्राजिलबीचको उक्त खेलमा बुधबार बिहान ५ः१५ बजे शुरु हुनेछ।

ब्राजिलले ६ खेलअघि नै विश्वकपमा स्थान बनाइसकेको छ। अर्जेन्टिनाले यो खेलमा ब्राजिललाई पराजित गरेमा विश्वकपमा स्थान पक्का गर्नेछ।

हाल ब्राजिल तालिकाको शीर्षस्थानमा छ। उसको १२ खेलबाट ३४ अंक छ। समान खेलबाट २८ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। १३ खेलबाट २० अंकका साथ इक्वीडर तेस्रो स्थानमा रहँदा समान खेलबाट १६ अंक जोडेको चिली चौथो स्थानमा छ। समान खेल र समान अंकका साथ कोलम्बिया पाचौं स्थानमा छ।

हालसम्म यी दुई टोलीबीच १ सय १२ चोटी प्रतिस्पर्धा भएको छ। तीमध्ये ४६ खेलमा ब्राजिल विजयी भएको छ भने ४१ खेलमा अर्जेन्टिना विजयी भएको छ। २५ खेल बराबरीमा सकिएको छ। विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको पछिल्लो खेल रद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077