Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोल उपहार पाएपछि क्रोएसिया विश्वकपमा छनोट

काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा छनोट भएको छ। रुसलाई पराजित गर्दै क्रोएसियाले कतारको टिकट पक्का गरेको हो।

युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १–० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान बनायो। घरेलु मैदानमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियालाई जितेको हो।

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो। शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्योर

रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ। दोस्रो स्थानको रुसको १० खेलबाट २२ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077