Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बन्दको विरोधमा नागरिक समाजले निकाल्यो मोटरसाइकल र्‍याली

तनहुँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालिएको छ।

मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार देशभर नेपाल बन्दको आह्वान गरेको थियो।

सोही बन्दको विरोध गर्दै जिल्लाको व्यास नगरपालिका–५ स्थित नागरिक समाजले दमौली बजारमा मोटरसाइकल र्‍याली निकालेको हो।

बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छन् भने छोटा दूरीका सवारी साधन फाट्ट फुट्ट चलेका छन् ।

गृह मन्त्रालयका अनुसार हालसम्म सवारीसाधनलाई जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई मुलुकका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077