Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ३४.३९, व्यापार ६३.४२, होटल तथा पर्यटन ७०.६, विकास बैंक १११.२४, जलविद्युत् १६४.२, वित्त ८२.३८, निर्जीवन बीमा १८८.२४, उत्पादन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, जीवन बीमा २७०.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.५९ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३७ करोड २६ लाख ८८ हजार ४९८ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३० करोड ४२ लाख १९ हजार ७९९, अपि पावर कम्पनी रु २३ करोड ३६ हजार ७३ हजार ४३५, लुम्बिनी विकास बैंक रु १८ करोड २४ लाख ८३ हजार र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रु १६ करोड ४३ लाख ३९ हजार २४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । मङ्गलबारको कारोबार पछि बजार पूँजीकरण रु ३९ खर्ब १६ अर्ब ४४ करोड ७८ लाख ४८ हजार ३८३ बराबर पुगेको छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । नेपाल बङ्गलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै, विजय लघुवित्त २.३७, नेपाल एसबिआई बैंकको डिवेञ्चर २.३४, लक्ष्मी इक्विटी फण्ड १.७६, मिथिला लघुवित्त एक, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ०.९५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077