Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्जेन्टिनाले विश्वकपमा अझै स्थान पक्का गर्न सकेन, ब्राजिलसँग बराबरी

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गतो दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल गर्न सकेनन्। ब्राजिलका फरवार्ड नेयमार भने चोटका कारण मैदान पसेनन्। प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाएका हुन्।

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिना समान खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा छ। अर्जेन्टिनाले यो खेलपछि पनि विश्वकपमा स्थान पक्का गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077