Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेदरल्यान्ड्स विश्वकपमा छनोट, युवा फरार्ड हालाण्डले विश्वकप नखेल्ने पक्का

काठमाडौं । नर्वेलाई हराउँदै नेदरल्याण्डले विश्वकपमा छनोट भएको छ। नर्वेलाई २–० गोलले पराजित गर्दै नेदरल्याण्डले सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

समूह जी मा टर्की दोस्रो हुँदै प्लेअफमा छनोट छ। नेदरल्याण्डलाई जितउान खेलको अन्त्यतिर स्टिभन बर्गविन र बार्सिलोनाका फरवार्ड मेम्फिड डिपायले गोल गरेका थिए।

स्टार स्ट्राइकर इर्लिङ ब्राउट हालान्डको अनुपस्थितिले पनि नर्वेलाई ठूलो घाटा भएको छ। उता, टर्कीले मोन्टीनेग्रोलाई २–१ गोलले हराउँदै समूहको दोस्रो स्थानमा रहन सफल भयो।

उता, बेल्जियमविरुद्ध १–१ को बराबरी खेल्दै वेल्सले घरेलु मैदानमा प्लेअफ सुनिश्चित गरेको छ। विश्व नम्बर १ टोलीलाई केभिन डि ब्रुयनाले खेलको १२ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर ३२ औँ मिनेटमा केइफर मुरले बराबरी गोल फर्काका थिए।

खेलको अन्त्यतिर वेल्सका नेको विलियम्सको प्रहारलाई बेल्जियमका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। समूह ईमा बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077