Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, एमसीसी फेरि केन्द्रमा

    अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, एमसीसी फेरि केन्द्रमा

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । एमसीसी कार्यान्वयन अघि बढाउने विषयमा छलफल गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन्। उनी आज नेपाल भ्रमणमा आउन लागेका हुन्।

    लुले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने बताइएको छ। एमसीसीलाई केन्द्रमा राखेर उनले नेपाली नेताहरुसँग छलफल गर्ने छन्। सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन।



    यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएकी थिइन्। उनले प्रधानमन्त्रीसहति नेपालका शीर्ष नेताहरुसँग भेट गरेकी थिइन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार