Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सभापतिका आकांक्षी प्रकाशमानलाई काठमाडौँ बाहिर कसैले नचिन्ने शशांकको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहलाई काठमाडौँ बाहिरका नेता तथा कार्यकर्ताले नचिन्ने दाबी गरेका छन् ।

महामन्त्री कोइराले पार्टीको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेता सिंहबारे एक कार्यक्रममा भने, 'प्रकाशमानको बारेमा भन्दा नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, उहाँलाई काठमाडौं बाहिर निक्लिनेवित्तिकै कसैले चिन्दैनन्।'

कार्यक्रमा महामन्त्री कोइरालाले महाधिवेशनमा देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने बताए ।

‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ, अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्‍यो,' उनले भने, ' किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन् । उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने देउवाजी हामीसँग हार्नुहुन्छ।'

कार्यक्रममा उनले दाजु शेखर कोइरला पनि सभापतिमा उठ्ने कुराको ब्याख्या पनि गरे। उनले भने, 'दाजुले पनि टिमबाट साझा उम्मेदवार बन्नका लागि अरु नेताहरुलाई मिलाउनुपर्छ, कम्भिन्स गराउनुपर्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077