Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

प्रहरीको सरुवा बढुवामा विवादमा तानिएका सचिव न्यौपानेलाई सीसीएमसीसीको जिम्मा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को जिम्मा दिएको छ।

कोभिड १९ संकट व्यवस्थापन (सीसीएमसी) अध्यादेश खारेज भएसँगै सरकारले सीसीएमसीसीको स्थापना गरेर सचिव न्यौपानेलाई जिम्मेवारी दिएको हो। न्यौपाने यसअघि गृहसचिव हुँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सरुवा बढुवामा आर्थिक चलखेल गरेपछि विवादमा तानिएका थिए।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को जिम्मेवारी पूर्वरथी बालानन्द शर्मालाई दिइएको थियो ।

स्रोतका अनुसार विगतको सीसीएमसीलाई अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्टको अर्डिनेशन सेन्टर (सीसीएमसीसी) बनाइएको छ ।

यसको कार्यालय रक्षा मन्त्रालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077