Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यी १३ टोलीले विश्वकप खेल्ने पक्का, प्ले अफमा यी टोलीहरुबीच हुनेछ महाभिडन्त

एजेन्सी । युरोपबाट १० देशहरुले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरिसकेका छन्। १० समूहको शीर्षस्थानमा रहँदै १० टोलीले विश्वकपमा स्थान पक्का गरेका हुन्।

कतारको टिकट पक्का गर्ने युरोपका देशहरुमा इंग्ल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, जर्मनी, सर्बिया, स्पेन, क्रोएसिया, स्विटजरल्याण्ड र नेदरल्याण्डस् रहेका छन्।

सिधै विश्वकपमा स्थान बनाउन नसकेका १२ देशहरुले ३ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासिडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिकले विश्वकपमा प्ले अफ खेल्नेछन्।

कतारले आयोजकका हैसियतमा विश्वक खेल्नेछ। दक्षिण अमेरिकी छनोटबाट ब्रािजल र अर्जेन्टिनाले कतारको टिकट पक्का गरिसकेका छन्। अंक तालिकाको शीर्ष ४ मा पर्ने पक्का भएपछि उनीहरु विश्वकपमा छनोट भएका हुन्। दक्षिण अमेरिकाबाट शीर्ष ४ टोलीले विश्वकप खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077