Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६५ हजार नेपाली नक्कली नोटसहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले ६५ अजार ३ सय ३५ रुपैया नक्कली नोटसहित ५ जनालाई काठमाडौंको विभिन्न स्थानबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं.८ घर भएकी ५६ गोमा श्रेष्ठ, सोही स्थानकी पुष्पा थापा मगर, रामेछाप जिल्ला शिरुवारी गाउँपालिका वडा नं.२ घर भएका समरोज थापा मगर, सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.पा.वडा नं.२ घर भएका चिरनजिवी जोती र सुजन जोती रहेका छन्।

कार्तिक ३० गते बेलुका काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.७ दक्षिणढोकामा केही व्यक्तीले नक्कली नोट जस्तो देखीने पैसा साथमा लिई सामानहरु खरीद गर्न लागेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले गोमा श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसमा उनीमाफर्त अन्य व्यक्तिहरु पक्राउ परेका थिए।

उनीहरुको साथबाट सक्कली जस्तो देखीने जम्मा रकम ६५,३३५ रुपैयाँ, नक्कली जस्तो देखीने तयारी अवस्थाको रु.१०० दरको नोट थान १६६, नक्कली जस्तो देखीने तयारी अवस्थाको रु.१० दरको नोट थान ३६, नोट बनाउनको लागी प्रिन्ट गरी काटेर राखेको अवस्थामा रहेको अगाडीको भाग मात्रको रु.१००० दरको थान ११६ र पछाडीको भागको थान ९२, नोट बनाउनको लागी प्रिन्ट गरी काटेर राखेको अवस्थामा रहेको अगाडीको भाग मात्रको रु.५०० दरको थान ५६ र पछाडीको भागको थान ५६ लगायत अन्य सामाग्रहीअरु बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077