Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेट्दै

    अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेट्दै

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

    आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। उपसहायकमन्त्री केली केइन्डरलिङ पनि आज बिहीबार आइपुग्दै छिन्।



    अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ।



    भेटवमा लु र नेपाली नेताहरुबीच एमसीसीको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ। अमेरिकाले एमसीसी पास गराउन यसअघि पनि वार्ताका लागि एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई नेपाल पठाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार