Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाल्याण्ड : विश्वकप २०२२ ले गुमाएको होनाहार युवा प्रतिभा

एजेन्सी । इर्लिङ हाल्याण्ड विश्व फुटबलमा उदाउँदै गरेका युवा फरवार्ड हुन्। जोशिला हाल्याण्ड हाल चोटका कारण मैदान बाहिर छन्।

हाल्याण्डको चोट नर्वेका लागि निकै महँगो साबित भएको छ। हाल्याण्डबिना मैदान उत्रिएको नर्वेले फिफा विश्वकप छनोटको पछिल्लो खेलमा सुखद नतिजा निकाल्न सकेन।

समूह जीमा १० खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा समीति भएसँगै विश्वकप छनोटको दौडबाट बाहिरिएको छ। उक्त समूहको विजेता बन्दै नेदरल्याण्डसले विश्वकपमा स्थान बनाइसकेको छ।

समूहको दोस्रो स्थानमा रहँदै टर्कीले प्ले अफमा स्थान पक्का गरेको छ। तर नर्वे दोस्रो स्थानमा पर्न नसक्दा उत्कृष्ट प्रतिभा हाल्याण्ड विश्वकप खेल्नबाट बञ्चित भए।

हालसम्मको स्थितिमा १३ टोलीले विश्वकप खेल्ने पक्का भएको छ। युरोपबाट १०, दक्षिण अमेरिकाबाट २ र आयोजक कतारले विश्वकप खेल्ने पक्का भएको हो।

युरोपबाट इंग्ल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, जर्मनी, सर्बिया, स्पेन, क्रोएसिया, स्विटजरल्याण्ड र नेदरल्याण्डस् विश्वकपमा छनोट भइसकेका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना विश्वकपमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077