Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खुमलटारमा प्रचण्ड विप्लवबीच भेटवार्ता: सहकार्यका साथ अघि बढ्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको सचिवालयको भनाइ छ।

पछिल्लो समय माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको हल्ला चलिरहेको बेला उनीहरुबीचको भेटलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ।

भेटमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित अध्यक्ष प्रचण्ड र विप्लवबीच छलफल भएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार छलफलमा दुई पार्टीबीच सहकार्य गरेर जान सकिने बताइएको छ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077