Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरीलाई सङ्गठनको नीति अनुसार परिचालित हुन कार्यवाहक आईजीपी शाहीको निर्देशन

    प्रहरीलाई सङ्गठनको नीति अनुसार परिचालित हुन कार्यवाहक आईजीपी शाहीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरीका निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) निरजबहादुर शाहीले प्रहरी कर्मचारीलाई सङ्गठनको नीति निर्देशन एवं प्रचलित कानुनअनुसार परिचालित भई काम गर्न निर्देशन दिएका छन् ।

    हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मका प्रहरी कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गर्न निर्देशन दिए ।



    अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रणलगायत विषयमा विशेष चनाखो भई सामूहिक भावनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ।



    प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा भाग लिन आइतबार टर्की प्रस्थान गरेकाले उनले आफ्नो कार्यभार एआईजी शाहीलाई सुम्पिएका छन् ।

    सो अवसरमा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख एआईजी विश्वराज पोखरेलले हरेक प्रहरीले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले काम गर्नुपर्नेमा जोड दिए । उच्च व्यावसायिक आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्न उनले निर्देशन दिए ।

    प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्रबहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, डीआईजी वसन्तकुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र डीआईजी राजेशकुमारलाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार