Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डिआइजीद्वय कार्की र शाही एआइजीमा बढुवा सिफारिस

    डिआइजीद्वय कार्की र शाही एआइजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरिक्षकद्वय (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको छ ।

    आज साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।



    शैलेस थापा क्षेत्री आइजीपी बनेपछि र एआइजी तारिणीप्रसाद लम्साल अवकाश पाएका कारण प्रहरीमा दुइ एआइजीकाे पद रिक्त रहेकाे थियाे  ।



    सिफारिस भएका डिआइजीद्वय कार्की र शाहीलाई मन्त्रीपरिषद्ले एआइजीमा नियुक्त गर्नेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार