Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार घटनाबाट अन्य ४० जना घाइते भएका छन्।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

प्रहरीले यो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ गरेको जनाएको छ ।

वाउकेसा पुलिसका अनुसार पुलिसले मृत्यु भएकाहरुको यकिन विवरणका लागि मेडिकल विशेषज्ञहरुसँग मिलेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077