Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिलाप्रति लचियो बन्यो तालिवान, टाउको छोपेर टिभीमा कार्यक्रम चलाउन पाउने

एजेन्सी। महिलाप्रति कठोर भन्दा कठोर कानून लागू गर्दै आएको तालिबान सरकारले पत्रकारहरुका लागि भने केही छुट दिने भएको छ । टेलिभिजन सिरियलमा महिलाहरुलाई अभिनय गर्न रोक लगाउने निर्णय गरेको तालिवानले महिला पत्रकार र प्रस्तोतालाई भने टाउको छोप्ने पहिरन लगाएर टिभीमा कार्यक्रम चलाउन दिने भएको छ ।

तर, टाउको छोपेर काम गर्न गरिएको निर्णयबारे भने मापदण्ड उल्लेख गरिएको छैन । बीबीसीका अनुसार तालिबानका केही नयाँ निर्णयहरु अनिश्चित खाले छन् र भनिहाल्न पनि सकिने खालका छैनन् ।

उनीहरुले थप कडा प्रतिबन्धहरु ल्याउँछन् कि भन्ने त्रास व्याप्त छ । अमेरिका र उसका साझेदारी मुलुकका सेनाहरु काबुलबाट बाहिरिने वित्तिकै तालिबान लडाकुहरुले महिला र किशोरीलाई विद्यालय नगएर घरमै बस्न आदेश दिएका थिए ।

सन् १९९० मा पनि तालिबानले किशोरीलाई विद्यालयमा जान प्रतिबन्ध लगाएका थिए । पछिल्लोपटक तालिबानले ल्याएका नयाँ नियमहरुमा टिभी सिरिजमा महिलालाई देखिन प्रतिबन्ध लगाउनेसहितका आठवटा बुँदा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077