Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक, यी ११ खेलाडी अटाए

एजेन्सी । फिफाले ‘फिफा द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ। हरेक वर्ष प्रदान गरिने यस अवार्डको यस वर्षको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरिएको हो।

मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन्। मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन्।

त्यसैगरी महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन्। महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन्।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ। फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ। भोट गर्ने समय डिसेम्बर १० सम्मलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077