Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको खेलमा भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भएको छ। मंगलबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोललले पराजित गरेको हो।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक–एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा सान्चोले जित पक्का गरेका थिए। अधिकांश समय बलमा पकड बनाएको भिल्लारियल गोल गर्न असमर्थ रह्यो।

जितपछि युनाइटेडले समूह एफको तालिकामा ५ खेलबाट १० अंक जोडेको छ। भिल्लारियलले समान खेलबाट ७ अंक बटुलेको छ। युनाइटेड शीर्षस्थानमा छ भने भिल्लारियल दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077