Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल, परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ ।

बुधबार बिहान जङ्गलस्थित लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ ।
घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए ।

कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट ल्याइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077