Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफू प्रधानमन्त्रीभन्दा कम नभएको प्रचण्डको दाबी (भिडियोसहित)

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिन परेको बताएका छन्।

बुधबार जिल्लास्थित भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगेको जिकिर गरे।

आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

‘मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे, मैले भन्याजति केही काम नगर्ने कसम खाए ओलीले,' प्रचण्डले अघि भने, 'त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077