Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार बिहान उपसभापति निधिले काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु, उम्मेदवारी घोषणा गर्दै निधिले भने, 'परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने कसीमा मेरो उम्मेदवारी रहेको समेत स्पष्ट पार्दछु ।’

उम्मेदवारी घोषणा कार्यक्रममा उपसभापति निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत गरेका छन् ।

यसअघि गत सोमबार निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गर्दै  आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077