Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चोलेन्द्रलाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले मार्चपास ‘न्याय-मार्च’ गरेको छ ।

बिहीबार दिउँसो प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गर्दै आएको नेपाल बार एशोशिएसनसहित विभिन्न ७ विभिन्‍न पेसागत संगठनहरुको अगुवाइमा सर्वोच्च-बालुवाटार मार्चपास सुरु भएको हो।

मार्चपासमा नेपालबार सहित नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता छ ।

मार्चपास माइती घर मण्डला-भद्रकाली-सडक-रत्नपार्क हुँदै बालुवाटार जाने बताइएको छ।

गत कर्क्तिक १४ गते सर्वोच्चका १८ न्यायाधीशहरुसहित नेपालबारमा आबद्ध न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषद विस्तारमा भागबन्डा खोजेकोदेखि बिचौलियासँगसाँठगाँठ गरेको आरोप लगाउदै प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077