Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किम जोङ आतंक : उत्तर कोरियामा सर्वसाधरणलाई लेदर कोट लगाउन प्रतिबन्ध

एजेन्सी । तानशाह किम जोङ उनको देश उत्तर कोरियामा जनताले छालाको कोट लगाउन नपाउने भएका छन्। त्यहाँका जनतालाई लेदर कोट लगाउन प्रतिबन्ध लगाइएको छ।

त्यस्तै लेदर कोट बिक्रिवितरणमा पनि रोक लगाइएको छ। डेलीमेलको रिपोर्टका अनुसार उत्तर कोरियमा लेदर कोटको ट्रेन्ड किम जोङ उनलाई देखेपछि आएको थियो। किनकि यस्तो कोट उनी लगाउन गर्थे। २०१९ मा उनले एक कार्यक्रममा लेदरको कालो रङको ट्रेन्च कोट लगाएका थिए। त्यस कार्यक्रमको फोटो त्यहाँको राष्ट्रिय टेलिभिजनमा देखाइएको थियो।

किम जोङको उक्त स्टाइल देखेपछि देशका मानिसहरुले त्यस्तै पहिरन लगाउन थालेका थिए। जसका कारण चीनबाट धेरै लेदरका कोटहरु आयात हुन थाल्यो। मानिसहरुले लेदर कोट लगाउन थालेपछि हाल आएर त्यसमा प्रतिबन्ध लगाइएको हो।

यस्तो कोट लगाउनु किम जोङको कपी गर्नु भएको र यसबाट उनको अपमान भएको भन्दै लेदर कोटमा प्रतिबन्ध लगाइएको डेलिमेलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077