Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले अनुशासित र एकताबद्ध पार्टी हो: बादल

चितवन । नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन्।

चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताए।

महाधिवेशनपछि जनताको बहुदलीय जनवाद ‘जबज’ सही छ भन्ने थप पुष्टि भएको नेता थापाको भनाइ थियो । पूर्वगृहमन्त्री समेत रहेका थापाले देशीविदेशी तत्वले नेकपालाई तीन टुक्रा पारेको आरोप लगाए ।

नारायण नदी किनारामा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन् । ओलीले नेपालको झण्डा, नेकपा एमालेको चुनाव चिह्न सूर्य, कम्युनिष्टको हँसिया हथौडा अङ्कित झण्डालाई एकसाथ स्विचमार्फत झण्डोत्तोलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077