Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अध्यक्षमा उम्मेदवारी दिने निर्णण्बाट पछि हट्दिँन : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटी अन्तिम बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले आफू अध्यक्षको नै उम्मेदवार रहेको जानकारी दिए।

‘मैले त उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु होला,’ उनले भने। पदाधिकारीमा अरु सबैको सहमति भयो भने पनि आफू पछि नहट्ने अडान राखेका छन्।

उनले भने, ‘अरु उठ्नुहुन्छ कि उठ्नु हुन्न भनेर हिसाब गरेर मैले उम्मेदवारी दिएको होइन। एमालेको नेतृत्व गर्न म अगाडि सर्छु भनेर दिएको हुँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077