Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको कुम्भमेला हेर्यौं, जहाँ जनतालाई भ्रम मात्रै छरियो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।

शनिबार पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए ।

‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ प्रचण्डले भने ।

यस्तै, अध्यक्ष प्रचण्डले एमालेमा विचार, छलफल र बहसलाई कुनै ठाउँ टिप्पणी गरे। ‘हिजो हामीले कुम्भ मेला देख्यौं, जहाँ विचारलाई ठाउँ छैन, छलफल बहसलाई कुनै ठाउँ छैन, जनतालाई भ्रम दिने कोसिस मात्रै छ। यस्ता कथाकदित अधिवेशन देख्यौं। देखिराखेका छौं।’ प्रचण्डले भने।

माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् ।

माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077