Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पोर्चुगल र इटाली एकै समूहमा, कहिले हुँदैछ विश्वकपको प्ले अफ खेलहरु ?

    पोर्चुगल र इटाली एकै समूहमा, कहिले हुँदैछ विश्वकपको प्ले अफ खेलहरु ?

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेका छन् ।

    शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह सीमा रहेका हुन् । अब दुवै टोलीले आफ्नो प्लेअफको पहिलो खेल जितेमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटालीले पहिलो खेलमा उत्तर म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।



    प्लेअफको समूह ए मा स्कटल्याण्डले युक्रेनको सामना गर्दा वेल्स र अष्ट्रिया भिड्नेछन् । यी दुई खेलको विजेताले फाइनल खेल्नेछन् । उक्त खेलको विजेता विश्वकपमा पुग्नेछ ।



    समूह बी मा रुसले पोल्यान्डको सामना गर्नेछ । त्यस्तै स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ । यी दुई खेलको विजेताबीच हसने खेल जित्ने टोलफ कतार विश्वकपमा लागि छनोट हुनेछ । प्लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ ।

    प्लेअफको ड्रमा टोलीहरुलाई दुई पटमा विभाजन गरिएको थियो । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्दैछन् । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा १–१ खेल हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार